नियम २७
नेपाल सरकार उपर परेको मुद्दा सम्बन्धमा कारबाही
(१) नेपाल सरकार उपर परेको मुद्दामा वा नेपाल सरकारको तर्फबाट दायर हुनु पर्ने मुद्दामा सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखले फिरादपत्र दिने वा प्रतिउत्तरपत्र वा लिखति जवाफ दिनु अघि सम्बन्धित सरकारी वकीलस“ग आवश्यक कानूनी सल्लाह लिई त्यस्तो फिरादपत्र, प्रतिउत्तरपत्र वा लिखित जवाफ, सो मुद्दासँग सम्बन्धित कागजात एवं प्रमाण सङ्कलन गरी गराई आफैं दायर वा पेश गर्नु पर्नेमा आफैंले र सरकारी वकीलबाट दायर वा पेश गर्नु पर्ने भएमा सम्बन्धित सरकारी वकीलबाट दायर वा पेश गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दायर भएको मुद्दामा आवश्यक कागजात सहित प्रतिरक्षाको लागि सम्बन्धित सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
(३) सरकारी काम कारबाहीको सम्बन्धमा कुनै सरकारी कर्मचारी उपर नालिस वा उजुर परेकोमा नियम २५ बमोजिमको कार्यविधि पूरा गरी त्यस्तो कर्मचारीको तर्फबाट प्रतिरक्षा होस् भनी विभागीय प्रमुखले अनुरोध गरी पठाएमा सम्बन्धित सरकारी वकील कार्यालयबाट त्यस्ता कर्मचारीको तर्फबाट प्रतिरक्षा गरिदिनु पर्नेछ ।
(४) उपनियम (२) र (३) बमोजिमको मुद्दामा प्रतिरक्षा गर्न लेखी पठाउ“दा सम्बन्धित मिसिल कागजात समेत दुरुस्त राखी पठाउनु पर्नेछ र सम्बन्धित अधिकृत वा पदाधिकारीबाट समय समयमा कागजात नपठाएका कारणले मुद्दामा असर पर्न गएमा सोको जानकारी सम्बन्धित विभागीय प्रमुखलाई पठाईदिनु पर्नेछ ।